प्रचण्ड–सीताको पुनः बिहे

काठमाडौं,२६ वैशाख । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी सीता दाहालले बिहीबार पुनः बिहे गरे। यो बिहे उत्सवका रुपमा मनाएको जस्तो देखिए पनि उमेर र रोगले थलिएकी थकित ‘बेहुली’ सीता दाहालको मन ‘बहलाउन’ गरिएको पारिवारिक श्रोतको भनाई छ।

प्रचण्ड–सीताको बिहे भएको ५० औं वर्ष गाँठको अवसर पारेर बिहीबार प्रचण्ड निवास खुमलटारमा पुनः बिहे गरियो। तर, त्यहा पुरोहित भने थिएनन् । तर, ‘बेहुला’ प्रचण्ड र ‘बेहुली’ सीता भने नवजोडी जस्तै सज्जिएका थिए।

उनका छोरी र नातिनिहरु पञ्चेबाजाको धुनमा नाचेका थिए। नेकपाका नेता–कार्यकताहरु र प्रचण्डका आफन्तहरु सो बिहे समारोहमा सहभागी भए।

छोरा प्रकाश दाहालको आकस्मिक मृत्युपछि विक्षिप्त बनेकी सीता दाहालको अवस्था दिनदिनै कमजोर बन्दै गएपछि मनोचिकित्सहरुले नै प्रचण्डलाई पुनःबिहे गर्न सुझाएका थिए। सोहीअनुसार पुनः बिहे गरिएको हो। बिहे समारोहका केही दृश्यहरु।