नयाँ शक्तिका असन्तुष्ट नेताले बुझाए बाबुरामलाई ज्ञापनपत्र

काठमाडौँ,२६ वैशाख । संघीय समाजवादी फोरमसँगको एकतामा असन्तुष्ट नेताले नयाँ शक्तिका तत्कालीन संयोजक डा। बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन्।

पार्टीमा छलफलबिना एकता भएको, नयाँ शक्तिका नेतामाथि अपमान भएको, पार्टी लोकतान्त्रिक विधि विपरित सञ्चालन भएकोप्रति आपत्ति जनाउँदै नयाँ शक्तिका असन्तुष्ट नेताले भट्टराईलाई बिहीबार ज्ञापनपत्र बुझाएका हुन्।

असन्तुष्ट नेतृ कल्पना धमलाले विज्ञप्ति पढेर सुनाएपछि बाबुरामले सार हेर्दा आफूलाई पनि हस्ताक्षर गरौँ–गरौँ लागेको प्रतिक्रिया दिएका छन्।

‘माओवादीबाट नयाँ शक्तिमा आउँदा लोकतान्त्रिक बहस हुन्छ भन्ने सोचेकी थिएँ’, नेतृ धमलाले बाबुरामलाई प्रश्न गर्दै भनिन्, ‘पार्टी लोकतान्त्रिकरण नहुँदा अपमान महसुस भइराखेको छ। पार्टी एकता हुँदा किन छलफल हुन सकेन रु’

ज्ञापनपत्र बुझाउन गएका नेतासँग बाबुरामले पार्टी एकताका क्रममा फोरमकै कारण छलफलमा जान नसकिएको स्वीकार गरेका छन्। ‘छलफलमा जाँदा एकता नहुने। भइरहेको पार्टी पनि जोगाउन नसक्ने स्थिति भएपछि एकता गरिएको हो’, बाबुरामले भने, ‘पार्टी एकताको क्रममा कमिकमजोरी भएका छन्। विशेष कारणले छलफल गर्न सकिएन। अब छलफल गरेर समस्याको समाधान गर्नुपर्छ।’