सनराइज बोर्डिङमा साहारा ग्यासको सिलिण्डर बिस्फोट, १ जना घाईते

 

मकवानपुर २६ वैशाख । मकवानपुरको हेटौँडामा साहारा ग्यासको सिलिण्डर आज फेरी बिस्फोट भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीस्थित सनराइज इङ्लिस बोर्डिङ स्कुलको क्यान्टीनमा साहारा ग्यासको सिलिण्डर बिस्फोट भएपछि आगलागि समेत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार सिलिण्डर बिस्फोट भएपछि सामानहरु जलेर नष्ट भएका छन् ।
बिष्फोटमा परी क्यान्टीनका संचालक राजेन्द्र लामा घाईते भएको मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिए । कति मूल्य बराबरको धनमाल जलेर नष्ट भएको भन्ने एकिन तथ्याङ्क भने आउन बाँकी छ ।

घाइते लामाको पदमपोखरी स्वाथ्यचौकीमा उपचार भईरहेको छ ।