चितवनमा विद्यालय पुनर्निर्माणमा ढिलाई

चितवन, २६ बैशाख । विनाशकारी भूकम्प गएको चार वर्ष पुग्न लाग्दा समेत चितवनमा भूकम्पले भत्काएका विद्यालय भवनको पुनर्निर्माणको काम सकिएको छैन । भूकम्पले भत्काएका विद्यालय पुनर्निर्माणको कामले तीव्रता लिन सकेको छैन नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
चितवनमा भूकम्पले भत्काएको आठ वटा विद्यालयको मात्रै पुनर्निर्माण सकिएकाले यस वर्ष ३६ वटा विद्यालय पुर्ननिर्माण हुँदै छन् । भूकम्पले क्षति पु¥याएका विद्यालयहरुमा पुर्ननिर्माण गर्दै आएको प्राधिकरणले चितवनमा यस आथिक वर्षमा विद्यालय पुर्ननिर्माणका लागि १८ करोड आठ लाख एक हजार चार सय २५ रुपैयाँ विनियोजन गरेको थियो । चितवनमा यस वर्ष चार कोठे भवन भएका २० विद्यालय, तीन कोठे भवन भएका तीन विद्यालय र दुई कोठे भवन भएका १३ वटा विद्यालय पुर्ननिर्माण हुँदैछन् नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
कुनै अवरोध नआए आगामी वैशाख अन्तिम सातासम्ममा सबै विद्यालय निर्माण भइसक्ने जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भरतपुरका प्रमुख भक्त बहादुर सून्च्युरीले जानकारी दिए नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
वि.सं २०७२ बैशाख १२ गते आएको भूकम्पले चितवनका एक सय ६० विद्यालयहरुमा क्षति पु¥याएको थियो । बाँकी १०८ वटा विद्यालयहरु आउँदो आर्थिक वर्षमा क्रमिक रुपमा पुर्ननिर्माण हुँदै जाने सून्च्युरीले बताए ।
स्थानीय तह अनुसार हेर्दा भरतपुर महानगरपालिकामा १३ वटा, माडी, रत्ननगर र कालिका नगरपालिकामा पाँच÷पाँच वटा, खैरहनी र राप्ती नगरपालिकामा तीन÷तीन वटा र ईच्छाकामना गाउँपालिकामा दुई वटा विद्यालय पुर्ननिर्माण हुँदैछन् नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।