मकालु आरोहणका रिचार्डको मृत्यु

काठमाडौँ,२५ वैशाख । मकालु आरोहणका क्रममा पेरुका प्रसिद्ध हिमाल आरोही रिचार्ड हिदल्गोको मृत्यु भएको छ।हिदल्गोलाई बुधबार बिहान दोस्रो आधार शिविरमा मृत अवस्थामा भेटिएको उनको आरोहण व्यवस्थापन कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ।

दोस्रो आधार शिविर ६ हजार ५ सय मिटरको उचाइमा पर्छ। बिना अक्सिजन तथा शेर्पाहरूको थोरै सहयोगमा उनी हिमालका आरोहण गर्ने कोसिसमा थिए। हिगाल्दो मंगलबार मात्रै आधार शिविरमा पुगेका थिए। राति ९ बजे उनी खाना खाएपछि सुत्ने भन्दै आरोहण दलका अन्य सदस्यहरुसँग छुट्टिएको सेभेन समिटले जनाएको छ। सो कम्पनी हिदल्गोको आरोहणको व्यवस्थापन गरेको थियो।

‘चर्चित आरोही हुन। हिमालको अनुभव भएको राम्रो भएको हो। तर सुतेकै स्थामा उनको निधन भएको छ। हामी पनि आश्चर्यमा परेका छौं’, समिटका निर्देशक मिङ्मा शेर्पाले शेर्पाले भने।

बुधबार बिहान डोरी फिक्स गरेर फर्केपछि शेर्पाहरुले हिदल्गोलाई नदेखेपछि उनको टेन्टमा हेर्न जाँदा मृत अवस्थामा भेटिएका थिए। उनी ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल बिनाअक्सिजन आरोहण गर्ने योजनामा थिए। ८ हजार ४ सय ८५ मिटर अग्लो मकालु विश्वको पाँचौँ अग्लो हिमाल हो।

हिदल्गोले मंगलबार मात्रै आफू दोस्रो बेस क्याम्पबाट तेस्रो बेसक्याम्प जाने तयारीमा रहेको आफ्नो फेसबुक पेजमा लेखेका थिए। तेस्रो बेसक्याम्प ६ हजार ७ सय मिटरमा रहेको छ।