सडक सुरक्षा सप्ताह : सवारी चालक सहचालक गरी १६० जनाको स्वास्थ्य परीक्षण

चितवन,२५ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २०७६ बैशाख २३ देखि २९ गतेसम्म भरतपुरमा ट्राफिक ब्यवस्थापन तथा दुर्घटना न्युनिकरण सम्बन्धी सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ ।

सोहि सन्दर्भमा सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन बुधबार भरतपुर चौबिसकोठिमा सवारी चालक सहचालकहरुको स्वास्थ्य परीक्षण गरीयो । प्रहरी नायव निक्षक कृष्ण ज्यू ठकुरीका अनुसार सवारी साधन चलाउन चालकहरु स्वस्थ हुनु अनिवार्य हुन्छ ।सवारी चालकहरुले नियमित आफ्नो स्वाथ्य परीक्षण गरीरहनु पर्छ ।

 

पुष्पान्जली अस्पतालबाट खटिएको डक्टर सहितको टिमले १६० जना भन्दा बढिको स्वास्थ्य परीक्षण गरेको हो ।स्वास्थ्य परीक्षण कार्यक्रमलाई अनुसी अटो ट्रेडर्स र हंसराज हुलास एण्ड कम्पनीले सहप्रायोजन गरेका थिए ।