काँग्रेसको जागरण अभियान आजदेखि

चितवन, २५ बैशाख । नेपाली काँग्रेस चितवनले एक महिने जागरण अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउने भएको छ ।
काँग्रेस चितवनले आजबाट सुरु हुने अभियानलाई प्रभवकारी बनाउनका लागि सबै तहहरुलाई निर्देशन जारी गरेको छ । जागरण अभियानलाई प्रभावकारी बनाउने र ग्रामीण क्षेत्रमा पार्टीको कार्यक्रमहरुलाई प्रभावकारी बनाउन लागिएको काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार जागरण कार्यक्रम अन्तर्गत जिल्लाका सबै स्थानीय तहहरुमा अहिलेको सरकारले गरेका गलत कामको भण्डाफोर गर्ने, पार्टीको विधान र महासमितिले गरेको निर्णयका बारेमा कार्यकर्ताहरुलाई जानकारी गराउने, अन्तरक्रिया कार्यक्रमहरु गर्ने, सहिद परिवार तथा अग्रज काँग्रेसहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भातृ एवम् शुभेच्छुकहरुसँग अन्तरक्रिया गर्ने, पार्टीका सबै प्रकार र तहका नेताहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्ने काँग्रेसले जनाएको छ ।
जिल्लामा हुने कुनै पनि कार्यक्रम र जिल्लामा आउने कुनै पनि नेतालाई फूलमाला र ब्याच नदिने, केन्द्रले तय गरेको नीति अनुसार वक्ताहरु छोट्याउनेलगायतका कामहरु हुने काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । जोशीका अनुसार कार्यक्रममा खर्चको मितव्ययिता अपनाउनका लागि साधारणतया प्रभावकारी बनाउन लागिएको हो ।
कार्यक्रमहरु तोकिएको समयमा गर्ने र पार्टीको केन्द्रीय निर्देशन अनुसार केन्द्रीय प्रतिनिधि सुरेन्द्रप्रसाद चौधरी चितवन आइसकेका छन् । हिमाल, पहाड, तराई मधेश जागरण अभियान अन्तर्गत प्रथम चरणको कार्यक्रम काँग्रेसले देशैभरि गर्न लागेको हो । केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामा राखेर कार्यकर्ताहरुको भावनाको बारेमा जानकारी गराइने छ । अहिले देखिएको पार्टी भित्रको विचलन समाधान गर्नका लागि यो कार्यक्रम प्रभावकारी हुनेछ ।
आज दिउँसो १२ः३० बजे सुरु हुने कार्यक्रममाको तयारी पुरा भएको काँग्रेस चितवनका सचिव जोशीले जनकारी दिए । उनका अनुसार सबै कार्यकर्ता तथा सुभेच्छुक संस्थाहरुलाई आ–आफ्नो तहबाट सक्रिय रुपमा लाग्न आग्रह गरिएको छ । काँग्रेसले बैशाख ११ गते गर्न लागेको जागरण अभियान काँग्रेस नेता तथा पूर्व मन्त्रीको निधनका कारण आजलाई सकेको थियो ।