भरतपुरबाट १० जुवाडे नगद ८१ हजार रुपैयाँसहित पक्राउ

चितवन २४ बैशाख । चितवनमा १० जना जुवाडे नगद ८१ हजार रुपैयाँसहित पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनको जुवा नियन्त्रण अभियान अन्र्तगत चितवन प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका वडा नं १० स्थित पुरुषोत्तम उपाध्यायको घरबाट उनीहरुलाई सोमबार साँझ पक्राउ गरिएको हो ।
जुवाखेलिरहेको अवस्थामा नगद ८१ हजार २ सय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिए  ।
पक्राउ परेकाहरुलाई जुवा ऐन अन्र्तगत मुद्दा दायर गरि अदालतबाट मिति थप गरी अनुसन्धान भईरहेको छ ।