कम्बोडिया भ्रमणबारे प्रधानमन्त्री ओलीद्धारा संसदलाई जानकारी

काठमाण्डौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया र भियतनाम भ्रमणबारे संघीय संसदलाई जानकारी गराएका छन्।

संघीय संसदको प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले आफुले यही बैशाख २६ गते देखि कम्बोडिया र भियतनामको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराएका हुन्।

उनले जेठ १ गते सम्म हुने आफ्नो औपचारिक भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुको साथै नेपालको पर्यटन प्रर्वद्धनमा सकारात्मक योगदान पुग्ने विश्वास आफुले लिएको बताए।

मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो विदेश भ्रमणबारे जानकारी गराएका हुन्।

प्रकाशित २४ बैशाख २०७६, मंगलबार ्र द्दण्ज्ञढ(ण्छ(ण्ठ ज्ञछस्ण्टस्द्दढ