लाखे नाच गर्दा आयोजकलाई घाटा

चितवन, २३ बैशाख । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालले आयोजना गरेको छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता घाटामा गएको छ ।
सोमबार नारायणगढमा पत्रकार सम्मेलन गरी हिसाब सार्वजनिक गर्दै प्रतिष्ठानले गत असोजमा सञ्चालन गरेको प्रतियोगितामा घाटा भएको जनाएको हो । प्रतिष्ठानकी कोषाध्यक्ष शुभद्रा श्रेष्ठले लाखेनाच प्रतियोगिता गर्दा करिब एक करोड ५४ लाख रुपैयाँ घाटा भएको बताइन् । श्रेष्ठका अनुसार प्रतियोगिता सञ्चालन गर्नका लागि करिब २० लाख रुपैयाँ खर्च भएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आउनुपर्ने पाँच लाख रुपैयाँ प्राप्त नहुँदा प्रतियोगिता घाटामा गएको लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष राजेन्द्रकुमार पियाले बताए । प्रतिष्ठानले राष्ट्रिय लाखेनाच प्रतियोगिता तथा स्थानीय जात्राहरु गठे मंगल, लाखे तथा बाघ जात्रा निकाल्दै आएको पियाको भनाइ छ । प्रतिष्ठानले हरेक दुई वर्षमा राष्ट्रिय लाखेनाच प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।
हिसाब सार्वजनिक एवम् पत्रकार सम्मेलन लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालका अध्यक्ष निर्जनलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।