एक भए नयाँ शक्ति र फोरम, यस्तो छ ९ बुँदे आधारपत्र (पूर्ण पाठ)

 काठमाडौँ बैशाख २३ । ९ बुँदे सहमति गर्दै नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपाल एक भएका छन्। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दलबीच एकता भएको हो। नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले ९ बुँदे सहमतिमा हस्ताक्षर गरेसँगै दुवै पार्टी एक भएका हुन्।

एकतापछि पार्टीको नाम समाजवादी पार्टी, नेपाल राखिएकाे छ। सो सहमति पत्रमा दुई पार्टीको एकताले नेपालमा नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको बताइएको छ। त्यस्तै समाजवादी पार्टीले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपतिक संसदमा आधारित शासन प्रणाली अपनाउने भएको छ।

पार्टीको लक्ष्य नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, विभेदरहित, धर्मनिरपेक्ष, समृद्ध संघीय गण्तन्त्रात्मक राज्य व्यवस्था स्थापित गर्नु रहेको छ।

पार्टीमा दुई अध्यक्ष र तीन सय केन्द्रीय सदस्य रहने यसअभि नै सहमति भएको छ।

हेरौ सहमतिको ९ बुँदे आधारपत्र

प्रकाशित २३ बैशाख २०७६, सोमबार | 2019-05-06 14:06:15