भूकम्प आयो ५.८ म्याग्निच्यूडको..

 

मनिला,बैशाख २३ । फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५.८ म्याग्निच्यूडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ ।

भूकम्पको कम्पन वरपरको कैयौँ शहरहरुमा महसुस गरिएको छ । भूकम्पका कारण जनधनको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ । शक्तिशाली भूकम्पपछि परकम्पनको पनि आशङ्का गरिएको छ ।

यद्यपी अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले यो भूकम्प ५.५ म्याग्निच्यूडको मात्र भएको जानकारी दिएको छ ।