विप्लव नेकपाका गोरखा इन्चार्ज र सेक्रेटरी समातिए

काठमाडौं बैशाख २३ । सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गोरखा जिल्ला इन्चार्ज र सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ।

विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।

पालुङटार नगरपालिका वडा नं ७ खोलाघाटबाट उनीहरूलाई पक्राउ गरिएको गोरखा जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले जानकारी दिएका छन्।

उनीहरूका साथबाट ४ वटा झोला बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ गर्ने क्रममा प्रहरी र सेक्रेटरी भट्टबीच केहीबेर धकेलाधकेल हुँदा दुवै जना घाइते भएको प्रहरीले जनाएको छ।

अहिले उनीहरूलाई गोरखा जिल्ला प्रहरी कार्यालयकै नियन्त्रणमा राखिएको छ।