पत्रकार विष्टमाथि कुटपिट

 

काठमाडौं,बैशाख २३। धनगढीस्थित दिनेश एफएममा कार्यरत पत्रकार जनक विष्टमाथि कुटपिट भएको छ । विष्टलाई धनगढीकै व्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका हुन् ।

त्रिनगर माध्यामिक विद्यालयको कम्प्लेक्सको भाडामा दिएका सटरको रिपोर्टिङ् गर्न गएको समयमा विद्यालय हाताभित्रै व्यापारी थापाले पत्रकार विष्टलाई कुटपिट गरेका हुन् ।

विद्यालयका केही सटरहरुको भाडादर निकै न्युन रहेको र केहीको भाडादर अत्याधिक रहेको गुनासो आएपछि पत्रकार विष्ट समाचार संकलनका लागि विद्यालय पुग्नुभएको थियो । घटनाको विभिन्न मानवअधिकारवादी तथा संघ संगठनले विज्ञप्ति जारी गर्दै भत्र्सना गरेका छन् । समाचार नागिरक दैनिकमा प्रकाशित छ ।