८ खुट्टा भएको अनौठो पाठा जन्मियो

 

पाल्पा बैशाख २२ । पाल्पाको रामपुर नगरपालिका–ं ६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राबाट अनौठो प्रकारको पाठा जन्मिएको छ ।

जन्मिएको पाठामा आठ वटा खुट्टा भएको, एक वटा टाउको, छातीबाट तल दुई भाग फाँटेर छुट्टिएको, चार वटा कान भएको, पाठापाठी नचिनिने खालको अनौठो बाख्रा जन्मिएको छ । जन्मिएको उक्त पाठा हेर्न स्थानीयको भिड छ ।