बाबाद्वारा बालिका बलात्कार

हेटौंडा,बैशाख २२ । मनहरी गाउँपालिकामा झारफुक गर्ने बाहनामा एकजना बाबाबाट एक १४ बर्षीया बालिका बलात्कार भएको रहस्य खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले १४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई आइतबार प्रक्राउ गरेपछि यो घटना बाहिर आएको छ।  मकवानपुर प्रहरी मनहरी गाउँपालिका–९, रजैयामा रहेको एक आश्रममा शारीरिक अशक्त भएकी १४ बर्षीया बालिकालाई झारफुक गर्ने बाहनामा बलात्कार गरेको अभियोगमा एक जनालाई प्रक्राउ गरेको जनाएको छ।

झारफुक गर्ने बाहनामा स्थानिय शारीरिक अशक्त भएकी १४ बर्षीया बालिकालाई बलत्कार गर्ने एक जना बाबालाई प्रहरीले प्रक्राउ गरेको हो।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ घर भएका ४३ बर्षीया सर्बग्य आचार्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनी रजैयामा रहेको आश्रमा केही समयदेखि झारफुकको काम गर्दै आएका थिए ।  पक्राउ परेका आचार्यलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान अगाडी बढाइएको मकवानपुर प्रहरीले जनाएको छ।