कमना सेवा विकास बैंक र महालक्ष्मी लाईफइन्स्योरेन्स लिमिटेडसँग संस्थागतअभिकर्ता सम्झौता

काठमाडौँ, २२ वैशाख । कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफइन्स्योरेन्स लिमिटेडबीच आज संस्थागतअभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिदगर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसायप्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्तहुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतश्री प्रविण वस्नेत र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फ प्रमुख कार्यकारी अधिकृत श्री रमेश कुमार भट्टराईले हस्ताक्षर गर्नुभएको थियो ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा८३ वटा शाखातथा३७ एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA  लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।