लायन्स क्लब अफ चितवन बिरेन्द्रनगरमा बिष्णुहरि

राजेश रुम्बा तामाङ 
चितवन चैत २३ । लायन्स क्लब अफ चितवन बिरेन्द्रनगरको पाँच औ साधरण सभा तथा चौथो अधिबेशन बाट २०१९/०२०को अध्यक्षमा बिष्णुहरि कंडेल निर्विरोध निर्वाचित भएका छन् ।
त्यसै गरि प्रथम उपाध्यक्षमा डिल्लीराम अधिकारी,दृतिय उपाध्यक्षमा रामकृष्ण पन्त, तृतीय उपाध्यक्षमा हरिसरण डल्लाकोटी, सचिबमा सुन्दर मैनालि, कोषाध्यक्षमा बिन्दु सिन्जाली, सह सचिबमा सुधिर अर्याल, सह- कोषाध्यक्षमा श्री कृष्ण गौतम,सहित ३५ कार्यसमिति निर्वाचित भएका छन् ।
राष्ट्रिय गाना बाट सुरुवात भएको कार्यक्रमलाई निवर्तमान प्रथम उपाध्यक्ष तथा नयाँ कार्यसमिति अध्यक्ष बिष्णु हरि कंडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने लियो कल्ब चितवन बिरेन्द्रनगरका सस्थापक अध्यक्ष लियो प्रकाश कालाखेती, डिल्ली राज अधिकारी लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा लियोका पुर्वअध्यक्ष सुदिप कंडेल,वर्तमान अध्यक्ष दिपेन्द्र राज अधिकारी र प्रथम उपाध्यक्ष संजिव सुवेदी समेतको उपस्थिति रहेका थिए। निवर्तमान अध्यक्ष तथा लायन महेश्वर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लायन जोन चियर पर्सन एवम कल्बका सस्थापक अध्यक्ष राजकुमार कंडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।