इन्स्टामा एउटै पोस्टबाट ११ करोड !

काठमाडौँ २२ बैशाख । चर्चित मोडल तथा रियालिटी टिभी स्टार किम कार्दसियनले इन्स्टाग्राममा एक पोस्ट गरेबापत करौडौँ रकम कमाउने गरेकी छन्।

यसअधि उनले ३ देखि ५ लाख डलरसम्म लिने गरेको कुरा सार्वजनिक भए पनि पछिल्लो समय उनले १० लाख डलर (११ करोड ९ हजार रुपैयाँ) लिने गरेको बताइएको छ। यसबारे किमको कम्पनीले चाडै आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ।

पछिल्लो समय सामाजिक सञ्जालबाट समेत आम्दामी हुने थालेपछि चर्चित सेलिब्रिटीहरु यसतर्फ आकर्षित भएका छन्। यसअघि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ५ करोडको हाराहारीमा रकम लिने गरेको सार्वजनिक भएको थियो।

रियालिटी स्टार किमले अहिलेसम्म ६ लाख डलर लिँदै आएको उनको कम्पनीले आधिकारिक रुपमा जनाउँदै आएको छ। उनले आफ्नो माग बढाएर १० लाख डलर पु¥याएको र पछिल्लो समय सोही रकम लिँदै आएपछि कम्पनीले आधिकारिक रुपमै दस्तावेज अपडेट गर्न लागेको बताइएको छ।

एक वेभसाइटका अनुसार किमले अनुमतिविना आफ्नो फोटोको गलत प्रयोग गरेको भन्दै एक कम्पनीविरुद्ध मुद्दा दर्ता गर्न लागेकी छन्। उक्त कम्पनीले अहिलेसम्म आधिकारिक प्रतिक्रिया नदिएपछि ५० लाख डलर (५५ करोड नेपाली रुपैयाँ) क्षतिपूर्तिको माग गर्दै मुद्दा दर्ता लागेकी हुन्।

किमले यसबारे प्रतिक्रिया दिँदै भनेकी छन्, ‘कम्पनीले आफ्नो आर्थिक फाइदाका लागि मेरा फोटा प्रयोग गर्न पाउँदैनन्।’ उनले आफूलाई मन नपरेकै कारण धेरै ठूला अफरसमेत छाडेको बताएकी छन्।