पक्की घर निर्माणमा ‘राउटे समुदाय’

चितवन, २२ बैशाख । जङ्गलमा फिरन्ते जीवनयापन गरिरहेका राउटे समुदाय पक्की घर निर्माणमा जुटेका छन् ।

भीमदत्त नगरपालिकाकाे बैजनाथ सामुदायीक वनकाे खाली जमिनमा फुना राउटेका लागि पक्की घर निर्माण भइरहेकाे छ । कञ्चनपुर–३ का सांसद डा. दीपकप्रकाश भट्टकाे सांसद विकास काेषकाे रकमबाट राउटे परिवारलाइ पक्की घर निर्माण थालिएकाे गाउँपालिकाका अध्यक्ष राम नाथकाे भनाइ छ ।

‘फिरन्ते जीवनबाट गाउँघरमा घुलमिल भएर बस्न थालेपछि पनि जीवनयापनमा मुश्किल परेकाे छ’, फुना राउटेले भने, ‘सरकारी भत्ताबाट नै राशन खरिद गरि जीवन गुजारा गरिरहेका छाैं ।’ सरकारले राउटे समुदायका प्रत्येक ब्यक्तिलाइ मासिक दुई हजारका दरले भत्ता दिदै आएकाे छ ।

गाउँघरमा घुलमिल भएर बस्न थालेपछि राउटे बालबालिकाहरू विद्यालयसमेत जान थालेका छन् ।