सञ्चारकर्मी भट्टद्वारा निर्देशित नयाँ गीत बजारमा

बैशाख, २२ चितवन । नव गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे…’ बोलको गीतको म्यूजिक भिडियो बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

जीबी सुनारको शब्द र संगीत तथा महेश विक्रम पाण्डेको संगीत समायोजनमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन सञ्चारकर्मी सन्दीप भट्टले गरेका छन् ।
सन्तोष सुनारले छाययांकन गरेको सो गीतको म्यूजिक भिडियोमा सुमन ढकाल, अस्मिता काफ्ले तथा बालकलाकार राजन सुनार र कृतिका अधिकारीले अभिनय गरेका छन् । गीतको छायांकन नवलपरासीका विभिन्न स्थानमा गरिएको थियो ।