माडीमा फेला पर्यो अनौठो गुफा,आकाश तिर फर्केको केराको घरी(तस्बिर सहित)

जिबन रानाभाट

चितवन,२२बैशाख   । चितवनको माडीमा अनौठो गुफा फेला परेको छ ।निकै आकर्षक रहेको गुफा माडी नगरपालिका १ कल्याणपुरबाट २ घण्टाको पैदलयात्रा पछि मरोट खोलाको सिरानमा रहेको गुफामा पुग्न सकिन्छ । सो क्षेत्रमा भवनका भग्नावशेष ,मुर्तिका कलात्मक भग्नावशेष लगायत गुफा, फेला परेको बताइएको छ।सबै भन्दा अचम्म त सो क्षेत्रमा आकाश तिर फर्केको केराको घरी फेला परेको छ ।गोद्दक नाथको गरिमा संग जोडिएको हुनसक्ने यो क्षेत्र उत्खनन र संरक्षणको पर्खाइमा रहेको छ।यस तर्फ माडी नगरपालिकाको ध्यान जान जरुरि देखिएको छ ।