तीन सय जना प्रहरीलाई कारबाही

विराटनगर, २२ बैशाख । प्रहरी संगठन विपरीत काम गरेको भन्दै १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले चालु आर्थिक वर्षको अहिले सम्म २ सय ८९ प्रहरीलाई कारबाही गरेको छ । संगठनलाई आँच आउने क्रियाकलाप बढेको भन्दै उनीहरुलाई कारबाही गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्बन्ध, मादक पदार्थ सवेन, संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई कार्वाही गरेको १ नम्बर प्रहरी कार्यलयका प्रवक्ता डिएपी सिद्धराज न्यौपाने बताए । संगठन विपरीत काम गर्ने २ सय ८९ जनालाई कारबाही भएको उहाँले बताए ।

आर्थिक प्रलोभनमा परेको, आर्थिक अनुशान भङ्ग गरेको, आन्तरिक अनुशासन भङ्ग गरेकाले कारबाही गरेका हो । डिआईजी केदार रिजालका अनुसार संगठनमा गल्ती गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको छ ।

संगठन केहि हदसम्म सुध्रदै गएको बताउँदै रिजालले संगठनमा आन्तरिक शुद्धिकरण चलीरहने बताए । यो चालु आर्थिक वर्षमा मात्र चार सय १३ जना राम्रो काम गर्नेलाई सम्मान गरिएको छ ।