राप्तीको पहाडी भेगमा कामना सेवा वैकको घरदैलो कार्यक्रम

चितवन वैशाख २१ । राप्ती नगरपालिका ८ खुरखुरेमा रहेको कामना सेवा विकास वैंक नगरको पहाडी क्षेत्रका वासिन्दालाई लक्षित गर्दै शनिवार घरदैलो कार्यक्रम गरेको छ ।

राप्ती नगरपालिका १० का विभिन्न क्षेत्रमा पुगेर त्यस क्षेत्रका वासिन्दाको वैंक खाता खोलिएको खुरखुरे शाखा प्रमुख विन्दु सिंजाली मगरले जानकारी दिईन् । घरदैलोका क्रममा १५० जनाको खाता खोलिएको उनले वताईन् ।

राप्ती १० को किरनटार,समीटार,कावर,दारलाङे लगायतमा घरदैलो गरिएको थियो । उनीहरुलाई वैंकलेनै रु १०० राखेर खाता खोलिदिएको छ । खोलौ वैंक खाता अभियान अन्र्तगत उनीहरुको खाता खोल्नुका साथै ७ लाख वरावरको दुर्घटना बीमा समेत स्वत भएको शाखा प्रमुख मगरले वताईन् ।

घरदैलोका लागि शाखा प्रमुख मगरसहित कर्मचारीहरुको टोली पहाडी क्षेत्र पुगेका थिए । कामना सेवा विकास वैंकको देशभर ८३ वटा शाखा रहेका छन् भने चितवनमा ५ वटा शाखा छन् ।

खुरखुरे शाखाको ६ हजार भन्दा सेवाग्राही रहेका छन् । सो वैंकबाट रेमिट्यान्स सेवा वाहेक मोवाईल वैंकिङ सेवा र एटिएम सेवा निशुल्क उपलव्ध छ ।