आमा घर सेवा आश्रम मनहरीद्धारा १ सय ८ जना आमाहरुलाई सम्मान

 

आशिष उप्रेती,

चितवन, वैशाख २१ । मनहरीमा ब्रहम्हा कुमारी राजयोग सेवा केन्द्र मकवानपुरको भगिनि संस्था आमा घर सेवा आश्रम मनहरीले माता तिर्थ औसिको अवसर पारेर १ सय ८ जना विभिन्न उमेर समुह र समुदायका आमाहरुलाई सम्मान गरेको छ । नेपाल मै पहिलो पटक औसीका दिन सामुहिक रुपमा आमाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश नम्बर ३ का प्रदेश प्रमुख अनुराधा काईराला रहनु भएको थियो । सम्मान कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख अनुराधा काईरालाले आफ्ना सन्तानबाट अपहेलित भएका तथा व्यस्तताले गर्दा सन्तानहरुबाट अलग्गिनु परेका आमाहरुलाइ यस संस्थाले गरेको कार्य प्रति आभार ब्यक्त गर्नुभयो । आज माता तिर्थ औसिको दिन एक दिन मात्र आमाहरुलाई सम्झेर नपुग्ने उहाले बताउनुभयो ।

संसारभरी नै मानिसहरुले सुख वा दुखमा भगवान र आमालाई मात्र सम्झने उहाले बताउनुभयो । भगवान र आमामा केहि पनि फरक नरहेको भन्दै यिनिहरु २ जना एकै भएकोले यिनिहरुलाई हामिले सधै सम्झिनु पर्ने उहाले बताउनुभयो । ९ महिना सम्म गर्भमा राखेर जन्म दिएको आमालाई सधै सम्झनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोईरालालाई ब्रहम्हा कुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनि राज दादी जीले दोसल्ला ओडाएर सम्मान समेत गरीएको थियो । त्यसैगरी कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोईरालाले ब्रहम्हा कुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनि राज दादी जीलाई १ सय ८ माला, अभिनन्दन पत्र, उपहार र दोसल्ला ओडाएर सम्मान समेत गरीएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का सभामुख सानु कुमार श्रेष्ठ, ब्रहम्हा कुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक एवंम् मनहरी पिस पार्कका प्रमुख संरक्षक राजयोगिनि राज दादी जी, आमा घर सेवा आश्रम मनहरीका अध्यक्ष रामचन्द्र उप्रेती, चलचित्र नायक एवंम् निर्देशक निखिल उप्रेती, लोकप्रिय गायक गायिका अर्जुन सुनाम र सरिता शाही, मिस नेपाल श्रृंखला खतिवडा लगायतले आमाको महिमाको बारेमा वर्णन गरेका थिए । कार्यक्रम ब्रहम्हा कुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक एवंम् मनहरी पिस पार्कका प्रमुख संरक्षक राजयोगिनि राज दादी जीको अध्यक्षतामा सम्पन्न भएको हो ।