रत्ननगरका वाल क्लवलाई खेलकुदका सामाग्री हस्तान्तरण 

रत्ननगर २१ बैशाख । रत्ननगरका १६ वटा वडा स्तरीय वाल क्लवलाई शनिवार खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ । रत्ननगर नगरपालिकाले वालवालिका लक्षित कार्यक्रम अन्तर्गतको बजेटबाट खेलकुदका सामाग्री वितरण गरेको हो । वाल क्लवहरुलाई फुटवल,भलिवल,चेस,व्याडमिन्टन,रिङ,लुडो,स्किपिङ लगायतका सामाग्री प्रदान गरिएको हो । खेलकुदका सामाग्री वितरण गरिएको हो । नगरपालिकाको सभाहलमा आयोजिक कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र नगर स्तरीय खेलकुद विकास समितिका अध्यक्ष केशव आचार्यले १६ वटा वाल क्लवका अध्यक्षहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर वनले नगर भित्रका वालवालिकाका लागि नगरपालिककाको कार्यालयमै सुचना प्रविधि युक्त वाल पुस्तकालय सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बताए । आगामी बर्ष रत्ननगरलाई वालमैत्री नगर घोषणा गर्ने उद्देश्यका साथ काम भइरहेको भन्दै मेयर वनले त्यसका लागि आ आफ्नै ठाउँबाट सहयोग गर्न वालवालिकालाई आग्रह गरे । उनले आगामी बजेटमा वालवालिकाको अधिकार सुनिश्चित र उनीहरुको आवश्यकता पुरा गर्ने गरी बजेट विनियोजन गर्ने बताए । कार्यक्रममा नगर स्तरीय खेलकुद विकास समितिका अध्यक्ष केशव आचार्य नगरपालिकाले प्रदान गरेको सामाग्रीको सही सदुपयोग गर्न वालवालिकालाई आग्रह गरे । कार्यक्रममा नगर स्तरीय वाल क्लवकी अध्यक्ष रोनिशा घिमिरेले नगर भित्र वालवालिकालाई खेल्नको लागि मैदानको अभाव रहेको बताइन । उनले खेलकुदका सामाग्री संगसंगै प्रत्येक वडामा वालवालिकालाई लक्षित गरेर खेलमैदान बनाइदिन मेयर नारायण वनसंग आग्रह गरिन । कार्यक्रममा मानब अधिकारकर्मी ज्वाल पुरी,महिला तथा वालवालिका शाखा प्रमुख सीता खनाल,वडा नं ६ का वडा सचिव लीलानाथ अर्याल लगायत नगर स्तरीय तथा वडा स्तरीय वाल क्लवका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।