चट्याङ लागेर वडा सदस्यसहित दुई घाइते

नवलपरासी, बैशाख २०। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका- ६ मा चट्याङ लागेर दुईजना घाइते भएका छन्। बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर वडा नम्बर ६ की वडा सदस्यसमेत रहेकी सहिदुन निशा र उनका छोरा भुलई अन्सारी घाइते भएका हुन्।

घाइतेमध्ये सहिदुन निशाको अवस्था गम्भीर भएकोले उपचारका लागि भारत लगिएको छ। घाइते अन्सारीको अवस्था भने अहिले सामान्य रहेको छ।