खानाका पारखीहरुका लागि नारायणगढमा एम्पाएर लाउञ्ज एण्ड बार सञ्चालन

चितवन, २० बैशाख । खानाका पारखीहरुका लागि मध्यनजर गर्दै नारायणगढको पुतलीबजारमा नयाँ बार सञ्चालनमा आएको छ ।
स्थानीय नौ जना युवाहरुले पुलतीबजारको भृकुटी पथमा ग्यालेक्सी एम्पाएर लाउञ्ज एण्ड बार सञ्चालनमा ल्याएका हुन् ।

\महर्जन कम्प्लेक्सको चौथो तल्लामा सञ्चालनमा आएको सो बार पूर्ण पारीवारिक रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बारका प्रबन्ध निर्देशक विशाल श्रेष्ठका अनुसार लाइभ म्युजिकको साथमा शान्त वातावरणमा खान पाउने सुविधा रहेको छ ।
हप्तामा बिहीबार, शुक्रबार, शनिबार र आइतबार लाइभ म्युजिकको व्यवस्था रहेको सो दिउँसो १२ देखि नै खुला हुने श्रेष्ठको भनाइ छ ।

हप्तामा एक दिन सेवाग्राही आफैले गाउन पाउने उल्लेख गर्दै श्रेष्ठले महिनाको एक दिन राष्ट्रिय स्तरको कलाकारबाट प्रस्तुति रहने बताए । सञ्चालन अवधिमा सबै प्रकारका खानेकुराहरुमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको श्रेष्ठले बताए ।
बारका व्यवस्थापक अनुप खत्रीले दुई सय जनालाई एकैसाथ सेवा पु¥याउन सक्ने उल्लेख गर्दै अण्डरग्राउण्ड पार्किङको व्यवस्था गरिएको बताए । सात हजार वर्ग फिटमा सञ्चालन भएको सो बारमा ३२ जनाले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् ।

मूल्य र गुणस्तरमा ख्याल गरिएको उल्लेख गर्दै खत्रीले चाइनीज, कन्टिनेन्टललगायत सबै प्रकारको खानाहरु बजार मूल्यमा नै उपलब्ध गराइने बताए ।
बार उद्घाटनको अवसरमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख सेफ प्रतिक प्रधानले खानाको गुणस्तर र सुरक्षामा ध्यान दिइएको बताए । लक्जरी वातावरणमा ग्राहकहरुले सेवा पाउने उल्लेख गर्दै प्रधानले खुल्ला किचन भएकाले किचनको गुणस्तरका बारेमा सबैले प्रत्यक्ष रुपमा अवलोकन गर्न सक्ने बताए ।