जन्ती मारिएको घटनामा पालुङटार चौकीमा तनाव, सात राउण्ड अश्रुग्यास प्रहार

पोखरा, १९ बैशख । बुधबार लम्जुङको अल्काटारबाट गोरखाको पालुङटारमा आएका जन्ती र घरबेटी पक्षबीच युवती जिस्काएको निहुँमा भएको तनावले एकजनाको मृत्यु भयो। सोही विषयलाई लिएर इलाका प्रहरी कार्यालय ठाँटी पोखरीमा अल्काटारका स्थानीयहरूले ढुंगामुढा प्रहार गरेका छन्। स्थिति सामान्य बनाउन प्रहरीले सातसेल अश्रुग्याससमेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। कुटपिटबाट घाइते जन्ती अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमाल गम्भीर घाइते भएका थिए। घाइते कुमाललाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। जिल्ला प्रहरी गोरखाका एसपी भोला रावलको नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।