संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच चाँडै एकता हुने, ः नेकपाका जस्तै दुई अध्यक्ष रहने

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच चाँडै एकता हुने, ः नेकपाका जस्तै दुई अध्यक्ष रहने

बैशाख १९ ,काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीच चाडै एकीकरण हुने भएको छ । एकीकरण टुङग्याउन दुवै पार्टीका उच्च तहमा बैठक चलिरहेका पार्टी निकट स्रोत बताउछ ।

दुई पार्टीबीच लामो समयदेखि भएको छलफलपछि एकीकरण हुन लागेको हो । संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव र डा बाबुरामबीचको वर्ता सकारत्मक बनेपछि पार्टी एकता गर्ने भएको ससफो निकट नेता बताउछन् ।

एकीकरण गर्ने भएपछि ससफोले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको पनि स्रोतले बताउछ । ससफोले वैशाख २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गर्ने मिति तय गरेको थियो ।

एकीकरणको विषयमा वार्ता समितिबीच सहमति जुठेपछि महाधिवेशन सार्ने तथा एकीकरण वार्ता टुङग्याउने विषयमा निर्णयक छलफल गर्नको लागि ससफोले यही २१ गते केन्द्रीय समिति बैठक बोलाएको ससफोका नेताहरु बताउछन् ।

यता नयाँ शक्ति पार्टीले पनि बैठकको लागि यही २० गते बैठक बोलाएको छ । बैठकमा फोरम नेपालसँग एकीकरण विषयमा छलफल हुने बताइएको छ । एकीकृत पार्टीको दुई अध्यक्ष अनौपचारिक समाझदारी भइसकेको र एकतापछि नयाँ पार्टीको नाम ‘नयाँ समाजवादी फोरम नेपाल’ राख्ने सहमति स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार अध्यक्ष सत्तरूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को जस्तै रहने छन् । एकतापछि बनेको नयाँ पार्टीको अध्यक्षामा पूर्वप्रधानमन्त्री र उपेन्द्र यादव रहने लगभक टुंगो लागि सकेको छ । निर्णय गर्ने अधिकार दुवैजनाको समान रहने भएपनि वरिष्ठताक्रममा भट्टराई पहिलो नम्बरमा रहने बताइएको छ । त्यस्तै पार्टीको तेस्रो वरियतामा अशोक राई रहने भएका छन्।

नयाँ पर्टीको केन्द्रिय सदस्यमा २५ जना रहने बताइएको छ । २५ सदस्यीय परिषद्मा १६ जना फोरम नेपालबाट तथा ९ जना नयाँ शक्तिका तर्फबाट रहने छन्। प्रतिनिधिसभामा फोरमको १६ सिट छ भने नयाँ शक्तिबाट संयोजक बाबुराम भट्टराई मात्र सांसद छन्। पार्टीको छाप फोरमकै हुने सहमति भएको पनि स्रोत बताउछ ।

अरु पदको बारेमा दुई पार्टीबीच छलफल भइरहेको छ । पार्टी एकताको बाँकी कुरा टुग्याउनका लागि बुधबार पनि दुई पार्टीका प्रतिनिधिबीच छलफल भएको थियो । नयाँ शक्तिका तर्फबाट नवराज सुवेदी र गंगा श्रेष्ठ र ससफेका तर्फबाट राजेन्द्र श्रेष्ठ र रामसहाय यादवले एकीकरण वार्ताबारे छलफल गरेका थिए ।

नयाँ शक्ति नेपालले ससफोलाई सरकार छाड्न र नेपालले राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाललाई यो एकीकरणमा सामेल गराउन पर्ने प्रस्ताव राखेको समेत स्रोत बताउछ । सरकार छोड्ने बिषयमा ससफोले कुनै निर्णय दिएको छैन ।

राजपालाई सामेल गराउनका लागि छलफल पनि राजपा नेपालको तर्फबाट खासै सक्रियता नदेखाएपछि फोरम नेपाल र नयाँ शक्ति नेपाल अगाडि बढेको छ । राजपसँग दुईतर्फी पत्राचार समेत भएको थियो ।

तत्कालीन माओवादीको उपाध्यक्ष डा बाबुराम भट्टराईले बदलिदो परिस्थितिको नेतृत्वको लागि नयाँ शक्ति पर्टी निर्माण गरेका थिए भने अशोक कुमार राईको नेतृत्वमा रहेको तत्कालिन संघिय समाजवादी पार्टी र तत्कालिन मधेसी जनअधिकार फोरमबीच एकता भई संघिय समाजवादी फोरम नेपाल भएको थियो ।