बझाङको थलारामा जीप दुर्घटना, सहचालको मृत्यु

बझाङ, १९ बैशाख । बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ । उनी जीपका सहचालक हुन् । थलारा गाउँपालिका–५ को गौमती खोलामा आज बिहान से१ज १००७ नंको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिए । दुर्घटनापछि जीप चालक कमल साउँद सम्पर्कमा नरहेको उनले बताए । जीप विवाहको सामान र्पुयाएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । जीप सडकबाट करीब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।