राजपा नेता महतोद्धारा प्रधानमन्त्री ओलीको आलोचना

काठमाण्डौं, १८ बैशाख । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले उद्योग–मजदुर कसैको पनि सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीलाई नेता महतोको प्रश्न थियो स् उद्योगधन्दा स्थापनाका लागि आवश्यक वातावरण नबनाएपछि कसरी देशको समृद्धि हुन्छ रु बुधबार १ सय ३० औंँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले बहुराष्ट्रिय कम्पनीहरु रातारात भाग्ने काम गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी ऐन, कानुन र सुरक्षाको उचित प्रबन्ध गर्न पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

सरकारले उद्योगधन्दाको विकास गरेर नेपाली श्रम शक्तिलाई स्वदेशमै काममा लगाउन सके मात्रै ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई सार्थक बनाउन सकिने नेता महतोको भनाइ छ ।

नेता महतोले लाखौं युवाहरु श्रमको खोजीमा विदेशिँदा पनि सरकारले देशमै रोजगारी हुने गरी उद्योगको विकासका लागि उचित वातावरण बनाउन नसकेको आरोप पनि लगाउनुभयो । उहाँले विदेशी लगानी भित्र्याएर देशमा उद्योगधन्दाको विकास हुने गरी नीति तथा कार्यक्रम र योजना ल्याउन पनि सरकारसँग माग गर्नुभयो ।