कता लाग्ने हो कित्ता छुट्याएर हात उठाउने बेला भयोः प्रचण्ड

काठमाडौं, बैशाख १८ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजीवादी कित्तामा लाग्ने कि समाजवादी कित्तामा लाग्ने भनेर हात उठाउने बेला भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

दुई मे दिवसका सन्दर्भमा त्यसरी कित्ता छुट्याइयो भने हामीले सोचेको जस्तो तागत बन्न सक्ने उनले जनाए । उनले विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक भएपनि नेपालमा भने आक्रामक नै रहेको जनाउँदै तर सन्तुष्ट हुने अवस्था नरहेको जनाए ।

अहिले विचारलाई भुत्ते बनाउने र छोड्नेतर्फ मानिसहरु उद्यत भएको बताउँदै प्रचण्डले प्रष्ट भन्दा पनि अस्पष्ट हुने काम भएको जनाए । उनले पूँजीपतिसँग आत्मसमर्पण गर्नुको साटो विचारका आधारमा ऐक्यबद्धता जनाउनुपर्ने बताए ।

उनले अन्तर्राष्ट्रिय रुपमा पनि पूजीवादी कित्तासँग नै ऐक्यवद्धता जनाउनुपर्ने उनको धारणा थियो । उनले विचारको आधारमा नै समाज अघि बढेको जनाउँदै अहिले हामी चौरास्तामा उभिएको जस्तो देखिएको र विचारलाई धारिलो बनाउने र फरक छुट्याएर आफू कता लाग्ने हो त्यता हात उठाउनुपर्ने बेला भएको जनाए ।