सरकारले यो वर्ष १ लाख ५० हजार रोजगारी सिर्जना गर्छ : मन्त्री विष्ट

काठमाडौं, बैशाख १८ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यही एक वर्षमा सरकारले एक लाख पचार हजार रोजगारी सिर्जना गर्ने बताएक छन् ।

मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन संघले काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले यस्तो बताएका हुन् । उनले आगामी पाँच वर्षभित्रै वैदेशिक रोजगारीको अन्त्य गरिने दाबीसमेत गरेका छन् ।

उनले भने, “आगामी पाँच वर्षपछि बाध्यताले रोजगारी खोज्न विदेश जानू पर्ने दिनको अन्त्य हुन्छ ।”

मजदुरको शोषणको युग सकिएकोले श्रमिक शोषण कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । मन्त्री विष्टले सरकारले सय दिन काम नपाउनेलाई निर्वाह भत्ता प्रदान गर्नेसमेत बताए ।