विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं, बैशाख १८। विश्व प्रेस स्वतन्त्रता दिवस मुलुकभर विभिन्न कार्यक्रमगरी नेपालमा मनाइदैछ । दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघले बुधबार राजधानीमा बृहत् प्रभातफेरीको आयोजना गरेको थियो ।

बबरमहलबाट शुरु भएको प्रभातफेरी नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै मुलुकमा लोकतन्त्र स्थापना भएको लामो समय वितिसक्दासमेत राज्यले अझै पत्रकारहरूको भौतिक सुरक्षा र व्यावसायिक हक हितमा ध्यान नपु¥याएको बाेल्ने
बक्ताले बताएका छन् । त्यसैगरी सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गरेकाले अब सडक आन्दोलनमा उत्रको विकल्प नभएको उनीहरूकाे भनाइ छ ।