एन्फा र चौधरी ग्रुपबीच सहमति

काठमाण्डौं, १७ बैशाख । अखिल नेपाल फुटबल संघ एन्फा र चौधरी ग्रुपबीच सम्झौता भएको छ । फुटबलको विकासका लागि जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा अन्तरस्कुल प्रतियोगिता गर्न एन्फा र चौधरी ग्रुपबीच सम्झौता भएको हो । यसका लागि एक करोड पचास लाख रुपैयाँ लाग्ने अनुमान छ । त्यसमा चौधरी ग्रुपले सहयोग गर्नेछ ।

एन्फाले ५२ वटा जिल्लामा अन्तर स्कुल फुटबल प्रतियोगिता छात्र र छात्राको आयोजना गर्दैछ । ५२ जिल्लाबाट करिब १५ सय स्कुलको सहभागितामा प्रतियोगिता गर्ने तयारी छ । त्यसपछि उत्कृष्ट स्कुललाई प्रदेशअनुसार प्रतिस्पर्धा गराइने छ । प्रदेशबाट छनोट भएका स्कुलहरुबीच राष्ट्रिय स्तरको अन्तर स्कुल फुटबल प्रतियोगिता गरिने एन्फाले जनाएको छ ।