बुढिकुलोमा फालेको फोहोरले दुर्गन्ध फैलिदै

रत्ननगर १७ बैशाख । रत्ननगर नगरपालिका वडा नं १३ अन्तर्गत पर्ने जयमंगलाबाट अमेलिया जाने बाटोमा पर्ने बुढिकुलोमा जथाभावी फोहोर फालेका कारण यस क्षेत्रमा र्दुगन्ध फैलिएको छ । स्थानीयबासीहरुले घरबाट निस्कने फोहोर सो कुलोमा फाल्ने गरेको पाइएको सरसफाईका अभियान्ता ज्ञानेन्द्रराज पाण्डेले बताए । फोहोरले र्दुगन्ध फैलिएको छ उनले भने यो क्रम एक दुई दिन लम्वियो भने गाउँमा रोग फैलिन सक्ने सम्भावना रहेको छ । उनले सो फोहोर उठाएर नगरपालिकाको डम्पिङ साइडमा लैजान नगरपालिका र स्थानीय समुदायको ध्यानर्कषण गराएका छन ।