भरतपुर मालपाेतमा विचौलिया रोकिए पनि सेवाग्राहीको सास्ती कायमै

 

चितवन। सेवाग्राहीको सहजताको लागि मालपोत कार्यालय भरतपुरले विचौलियालाई कार्यालयभित्र छिर्न रोक लगाएपनि सेवाग्राहीले पाउने सेवा पुरानै ढर्राको छ । विचौलिया हटाएपनि काम सुस्तै छ, सेवा उस्तै छ।

विचौलियाका कारण सेवाग्राहीले सहजरुपमा सेवा नपाएको गुनासो बढेपछि मालपोत कार्यालयले दुई सातादेखि विचौलियालाई कार्यालयभित्र छिर्न रोक लगाएको थियो। यस्तो रोकपछि पनि सेवाग्राहीले पाउने सुविधामा कुनै सुधार नआएको सेवाग्राहीहरु बताउँछन्। सबै प्रक्रिया पुगेर कार्यालयमा कागजात पेश गर्दा पनि काम सम्पन्न गर्न हप्तौं लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। विभिन्न काम लिएर कार्यालय पुगेका सेवाग्राही घन्टौं कुर्न र दिनहंँु धाउन बाध्य छन्।

कर्मचारी अभावको कारण देखाउँदै एकै दिनमा हुने काम पनि पाँच–सात दिन लगाइदिने गरेको सेवाग्राहीको गुनासो छ। नारायणगढ, बेलचोकका सेवाग्राही राजन रेग्मी आफ्नो घर बिक्री गर्नका लागि लगत कट्टा गर्न मालपोत धाएको पाँच दिन भइसक्यो। ‘झण्डै एक हप्ता भयो, मुद्दा फांँटमा आएर फाइल अड्केको’ मालपोत कार्यालय परिसरमा भेटिएका उनी भन्छन्, ‘आज पनि के भनेर फर्काउने हुन्, थाहा छैन।’

भरतपुर मालपोत कार्यालयको सबै फांँटको हविगत उस्तै छ। मोठ भिडाउने, रजिष्ट्रेसन फाँट, तामेली फांँट लगायत सबै ठाउंँमा सेवाग्राहीले सहजरुपमा सेवा पाउन सकेका छैनन्। भरतपुर पटिहानीका श्रीकृष्ण आचार्य छोराहरुलाई अंशबण्डा पास गर्न मालपोत कार्यालय आए । उनको काम एकै दिनमा हुनु पथ्र्यो, तर भएन। ‘कहिले वडामा जानुस्, कहिले नापीमा जानुस् भनेर दुःख दिन्छन’ आचार्य भन्छन्, ‘कहिले नक्सा, कहिले सिफारिस, कहिले कित्ताकाटको बहानामा दिनहुँ फर्किनु परेको छ।’ सबै कागजपत्र तयार गरेर ५ दिनसम्म धाउंँदा पनि काम नभएको उनले बताए।

भरतपुर महानगरपालिका ११ बसेनीका श्याम भण्डारीको गुनासो पनि यस्तै छ। ‘मेरो जग्गा सट्टापट्टा गर्नु पर्ने काम आज १६ दिन भइसक्यो, अझै सकिएको छैन’ मालपोतको सुस्त गतिको सेवा प्रवाहबाट आत्तिएका उनी भन्छन्, ‘मेरो जागिर भारतमा छ, जागिरमा फर्कन पाएको छैन ।कर्मचारीले कहिले वडा जानु भन्छन्, कहिले अर्को फांँटमा जानु भन्छन्। हामीले धेरै दुख पायौं।आवश्यक जानकारी लिने ठाउंँ नभएकोेले आफू अन्यौलमा परेको उनी बताउँछन्।ु

कर्मचारी अभावमा काम ढिला
मालपोत कार्यालय भरतपुरका प्रमुख लालकृष्ण शर्मा पौडेल कार्यालयमा विचौलियामाथि रोक लगाएपछि सर्वसाधारणको काम सहज भएको दाबी गर्छन्।

‘हाम्रो मुख्य समस्या भनेको कर्मचारी समस्या हो’ पौडेल भन्छन्, ‘अहिले पनि १४ जना कर्मचारी सरुवा भएका छन्, कोही रिटायर्ड छन्।’ उनका अनुसार अहिले देशभर कर्मचारी समायोजन नभएका कारण तोकिएको समयमा काम हुन नसकेको हो। कर्मचारी अभावमा ३ जना हुनु पर्ने फांँटमा १ जनाले काम भ्याउनु परेको कार्यालय प्रमुख पौडेल बताउँछन्।

उनका अनुसार कार्यालयमा जग्गा पास, अंशबण्डाका काम भन्दा पनि जग्गा धितो राख्ने काम बढी आउने गरेको छ। ‘अहिले ७० प्रतिशत काम जग्गा रोक्का ९धितो० सम्बन्धी छ, अरु जग्गा पास सम्बन्धी’ उनले भने। कर्मचारी अभाव हट्ने बित्तिकै यो समस्या बिस्तारै हट्ने उनको भनाइ छ।

दुई वर्ष अघिसम्म जिल्लाको सबै क्षेत्रको जग्गाको रजिस्ट्रेशन पास, जग्गा रोक्का लगायतको काम गर्दै आएको मालपोत कार्यालय भरतपुरले हाल भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउंँपालिकाको काम हेर्दै आएको छ। जिल्लाका अन्य स्थानीय तह खैरहनी नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकामा मालपोत कार्यालयको शाखामार्फत् जग्गा रजिष्ट्रेशन पास लगायतका काम हुँदै आएको छ। विजमाडुबाट