पाल्पामा जन्ती सवार जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

पाल्पा, १६ वैशाख । पाल्पामा जन्ती सवार जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका–७, चारघरेमा जन्ती बोकेको एक जिप दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ ।सोमबार साँझ लु१ज १९४१ नम्बरको जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा निस्दी–७ का ४५ वर्षीय खड्गबहादुर सोमै, ५५ वर्षीय देवीलाल खन्गाह, ४५ वर्षीय लालबहादुर सारु, ५७ वर्षीय सन्तबहादुर सारु र चालक बुद्धिवल सोती रहेको प्रहरीले जनाएको छ ।

दुलाहा–दुलहीले भने जिपबाट हामफालेर ज्यान जोगाएका छन् ।कच्ची सडकबाट जिप करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।