रग्वी खेलको प्रशिक्षण चितवनमा पहिलोपल्ट

 

चितवन,बैशाख १६ । रग्वी खेलको चितवनमा पहिलोपल्ट प्रशिक्षण दिइएको छ। देशका सबै जिल्लामा खेल पुर्‍याउने उद्देश्यका साथ चितवनमा पनि प्रशिक्षण दिइएको राष्टिय प्रशिक्षक विनोद तामांगले जानकारी दिए।

वैशाख १३, १४ र १५ गत्ते तीन दिन चितवनका नयाँ खेलाडीले प्रशिक्षण लिएका छन्। प्रशिक्षक तामाङगले विदेशमा रग्वी प्रतिको आकर्षण राम्रो रहेकाले नेपालमा पनि यसको सम्भावना निक्कै राम्रो भएको बताउँदै सामान्य फुटबल खेल्ने खेल मैदानमा बालक, युवा सवै उमेर समुहका महिला पुरुष दुवैले खेल्न सकिने र स्वास्थ्यको दृष्टिले पनि निक्कै फाइदाजनक रहेको बताए।

विभिन्न अन्तर्राष्टिय रग्वी प्रतियोगितामा नेपालका तर्फबाट सहभागी भइसकेका प्रशिक्षक तामाङ अहिले विभिन्न जिल्लामा नव खेलाडीहरुलाई प्रशिक्षणमा जुटेका छन्।

अहिलेसम्म नेपालका विभिन्न १५ वटा जिल्लामा रग्वी संघ विस्तार भइसकेको तामाङले जानकारी दिए। चितवनमा पनि खेलाडी र आवश्यक तयारी पछि रग्वी स्थापित गराउने संघको योजना रहेको छ। नेपाली खेलाडीले एसियन ट्रफी टुर्नामेन्टमा हरेक वर्ष सहभागिता जनाइरहेको छ।

चेन्नई, बु्रनाई, लाओस, कतारलगायतका मुलुकमा भएको अन्तर्राष्टिय प्रतियोगितामा सहभागी तामाङ भन्छन्, ‘नेपाली पुरुष खेलाडीको तुलनामा महिला प्रतियोगीको सम्भावना अझ राम्रो रहेको छ।’ आगामी नोभेम्बर डिसेम्बरमा जापानमा रग्वीको विश्वकप हुँदैछ।