२१ वर्षीया युवतीको विभत्स हत्या, श्रीमानसहित तीन पक्राउ

 

हरि अधिकारी
कपिलवस्तु,१६ बैशाख । वाणगंगा नगरपालिकामा एक युवतीमो विभत्स हत्या भएको छ । नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया सुनिता थारुको शव बाणगंगा नदीकिनारमा भेटिएको हो । घटनाको संलग्न भएको आशंकामा प्रहरीले उनका श्रीमान्सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सुनिता संगै उनका श्रीमान्ले राती नौ बजेको समयमा नुहाउन भन्दै वाणगंगा नदीमा लगेका थिए । उनको नुहाउने निहुँमा हत्या गरिएको प्रहरीको आशंका छ । हत्याबारे थप अनुसन्धान गर्नका लागि श्रीमान सहित परिवारका तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । ।

हत्यास्थलमा अहिले सुरक्षाकर्मी र स्थानीयको बाक्लो भिड लागेको छ । सुनिताको हत्या गरिएको फालिएको शव भएको स्थानलाई प्रहरीले छेकेर राखेको छ । त्यस स्थानमा प्रहरीले कसैलाई पनि जान दिएको छैन ।

थारुको एक बर्ष अघी प्रेम विवाह भएको बताइएको छ । नुहाउन गएकी छोरी राती सम्म घर नफर्किए पछि उनका माइती पक्षका बुवा तुल्सी थारुले विहान साढे ३ बजे प्रहरीलाई खबर गरेका थिए ।

सुनितालाई कुटपिट संगै यातना दिएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानले बताएको छ । विगतका दिनहरुमा पनि सासु र दिदीले यातना दिदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोछ । अहिले घटनाको बारेमा थप अनुसन्धान जारी छ ।