लमजुङका व्यापारी बलात्कार अभियोगमा पक्राउ

लमजुङ, १६ बैशाख । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका ९ भोटेवडारका ४० वर्षीय शम्भुलाल श्रेष्ठ बालिका बलात्कारको अभियोगमा पक्राउ परेका छन् । भोटेवडार उद्योग वाणिज्य संघको उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई प्रहरीले १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । मंगलबार बालिकालाई घुम्न जाउँ भनेर फकाउँदै सुन्दरबजार नजिकै रहेको विद्युत गृहको ड्याममा लगेर श्रेष्ठले बालिका बलात्कार गरेको अभियोग लागेको छ ।

पीडित बालिकाले श्रेष्ठले आफूलाई बलात्कार गरेका बारेमा आमालाई भनेपछि पीडित परिवारले प्रहरीलाई उजुरी दिएका थिए ।

उजुरीपछि श्रेष्ठलाई प्रहरीले सिउँडीबारबाट बुधबार पक्राउ गरेको लमजुङका डिएसपी यादव ढकालले बताए ।