‘विप्लव’ समूहका इञ्चार्ज पक्राउ

बर्दिया, १६ बैशाख । बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका क्षेत्रीय इञ्चार्ज शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिनुभयो । चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।