एनआई सी एशिया बैंकको ५नयाँ शाखा सहित थप १ वटा शाखारहित बैंकिङ्ग सेवा उद्घाटन

कठमाडौँ, १५ वैशाख । ग्रामिण तथादुर्गम स्थानहरुमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआई सी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र ४ र रौतहट जिल्लामा १गरि ५नयाँ शाखा कार्यालयहरुको साथै थप १ शाखारहित बैंकिङ्ग सेवाको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं ४, नार्गजुन नगरपालिका वडा नं.३ ठुलो भ¥याङ्ग स्थित ठुलो भ¥याङ्ग शाखा कार्यालय,नागर्जुन नगरपालिका वडा नं.६ काठमाडौं स्थित रामकोट शाखा ,काठमाडौं महामनगरपालिका वडा नं ७ चाबहिल शाखा र रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं. ९,रौतहतस्थित सिम्रा भवानीपुर शाखा तथा रुपन्देही जिल्लाको कंचन गाउँपालिका वडा नं. ४,गरगर्रेमा २४ औं शाखारहित बैंकिङ्ग सेवा आज उद्घाटन गरिएको हो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखाका र्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाकार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।