एसिसी यू-१६: नेपाल लगातार दोस्रो पटक च्याम्पियन

थाइल्याण्डमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले यसवर्षको उपाधि उचालेसँगै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

अघिल्लो पटक २०१७ को डिसेम्बरमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको थियो।

Image may contain: one or more people, people playing sports, people standing and outdoor

साविकको विजेता नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको मलेसिया ३४.५ ओभरमा सबै विकेट गुमाएर ८१ रनमा समेटियो।

मलेसियाका मोहमद हाजिक अइमानले १८, वान मोहमद अजमले १६ तथा जितेन्द्र मुर्लेले १४ रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। नेपालका विशाल कुमार पटेलले ४ तथा दीपक बोहराले ३ विकेट लिए। यस्तै निखिल कुमार सिंह र कृश कार्कीले समान १-१ विकेट पाए।

Image may contain: 1 person, playing a sport, standing and outdoor

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो। नेपालका प्रशान्त महतले ४० रनको योगदान दिदैँ टोलीलाई सो स्कोरमा पुर्‍याएका हुन्। ६७ बल खेलेका उनले ५ चौका प्रहार गरे।

यस्तै नेपालका दीपक बोहराले २३, बिशाल बिक्रम केसीले १७ र निखिलकुमार सिंहले १३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

Image may contain: 1 person, playing a sport and outdoor

चौथो विकेटका लागि बिशाल र प्रशान्तबीच ३५ रनको साझेदारी भएपछि नेपालले मध्यम स्कोर बनाएको थियो। मलेसियाका सचिनु हितिगिले ३ तथा जिनेन्द्र मुर्लेले २ विकेट लिए।

प्रतियोगितामा नेपालसहित मलेसिया, थाइल्याण्ड, म्यानमार, सिंगापुर, हङकङ, चीन र भुटानको सहभागिता रहेको थियो।

Image may contain: 1 person, playing a sport, standing, child and outdoor

Image may contain: 3 people, people playing sports and outdoor

Image may contain: 1 person, smiling, playing a sport and outdoor

Image may contain: 1 person, playing a sport and outdoor