आन्दोलनको बलमा दलहरु सत्तामा पुगे,घाइते अपांङ्गलाइ बिर्सिए

कास्की , १६ वैशाख ।

लामो बलिदानी पछि २०४८ मा भएको आम निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्यायो।बिकास, समृद्धी र सुशासन प्रतिको जनताको अपेक्षा अनुसार सरकारले गतिलिन सकेन्। उल्टै काँग्रस पार्टीमा आन्तरिक द्धण्द चर्कियो। भागबण्डा र जुंङगाको लडाइका कारण बहुमतको सरकार ढल्यो।

आफैले बिश्वास र भरोसार गरेकाहरुले बहुमतको सरकार ढालेपछि गिरिजा प्रसाद कोइरालाले मध्यावधि निर्वाचनको घोषणा गरे। यसै बेला मुलुकमा अस्थितरताको जोखना हेरिरहेका माओवादीहरुले जनयुद्धका नाममा ध्वंसको राजनीति शुरु गरे। मुलुक भर गोला बारुद पड्कन थाले। गाउँ बस्तिसंगै शहरनै असुरक्षित हुन थाले।

 

गुरिल्ला युद्धले मुलुक नै आक्रान्त हुन थाल्यो। देशका जिल्लम मुकाम र प्रमुख शहरहरुमै भिमकाय आक्रमण हुन थाले। युवाहरु राज्य र बिद्रोहीको निशानामा पर्न थाले पछि खाडी तिर भासिन थाले। गाँउघरमा बुढाखाडा र बालबच्चा मात्रहरुको मात्र रजगज चल्यो।

यसै समयमा मुलुकको अस्थिरताका फाइदा उठाउँदै तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिए । सञ्चारमाध्यममा सेनाको नियन्त्रणमा परे। सञ्चार बिच्छेद भयो। सूचना र सञ्चारमै नियन्त्रणमा राखेर ज्ञानेन्द्रले आफ्नो सत्ता लम्ब्याउने कोसिस गरे । ०४६ सालपछि जनस्तरमा छाएको चेतनाको स्तरलाई बुझ्ने कोसिश नै गरेनन्।

महेन्द्रकालीन समय जस्तो आँकलन गरेर सम्पूर्ण सत्ता हातमा लिए । राजाको यो कदमविरुद्ध तत्कालीन कांग्रेस एमालेलगायतका सात दलले आन्दोलन घोषणा गरेर सडकमा जात्रा देखाइ रहेका थिए। उनीहरुले गरेको राजनैतिक अभ्यास देखेर छोटो समयमै जनाता आजित भइसकेका थिए। उनीहरुले राजा ज्ञानेन्द्रको कदम बिरुद्ध आन्दोलन घोषण गरेपनि जनता सडकमा निस्कीएन्।

आन्दोलनले तुहिने होकी जस्तो देखिन थाल्थो। आन्दोलनका लागि मुख्य केन्द्र तोकिएको रत्नपार्क र देशका प्रमुख शहरहरुमा सयको संख्यामा पनि आन्दोलनकारी देखिएन्। नगन्य संख्याका आन्दोलन कारीलाई प्रहरी तितर बितर पाथ्यो। कोही कोही आफैं प्रहरीको भ्यानमा चढ्थे । कसैकसैलाई प्रहरीले धकेलेजस्तो गथ्र्याे।

सात दलको तमासा रत्नपार्क र देशका प्रमुख शहरहरुमा देखिन थाल्यो। सात दलको तमासाभित्र निरीहता र कमजोरी मात्रै छचल्कीदै थियो । आन्दोलन एउटा नित्य कार्य जस्तै साबित हुदै थियो। निश्चित समयमा निश्चित मान्छे जम्मा हुने, बुर्कुसी मार्ने, चियापानी खाने कहिलेकाहीँ बदाम खाने र प्रहरीको भ्यान चढेर जाने। बेलुका छुट्टयो। घर तिर लुरुलुरु लाग्यो। भोलिपल्ट फेरी त्यही चाल।

सात दलभित्र गणतन्त्रको कुरा गर्नेहरू अल्पमतमा थिए । सातदल मध्ये अन्य दलमा पनि त्यस्तै। राजा ज्ञानेन्द्रको हर्कत बिरुद्ध तात्कालीन बिद्रोही माओवादी, नागरिक समाज लगायतले गणतन्त्रको नारा घन्काउदै थिए।

जनताहरु पनि परिस्थितिको विपक्षमा थिए। तर, राजनैतिक दलका घृणीत हर्कले आन्दोलनमा सहभागिता जनाएका थिएनन् । जनता पर्खर हेरको अवस्थामा थिए। यही निराशाबीच देशका विभिन्न भागहरुमा प्रहरीको ज्यादति र बर्बरता बढ्न थाल्यो। माओवादी र सात दलबीच गणतन्त्र स्थापनका लागि संवाद सुरु भयो। सातदल र माओवादीबीच गणतन्त्रलाई बटमलाईन बनाएपछि क्रमश आन्दोलनले गतिलिन थाल्यो। देशै भरका प्रमुख शहरहरु तात्न थाले। राजतन्त्र मूर्दावाद, गणतन्त्र जिन्दावादका नारा घन्किएसंगै आन्दोलनको माहौंलनै जुरुक्कै उठ्न थाल्यो।

राजनीतिबाट देशकै ठूलो शहर पोखरा अछुतो रहने कुरै थिएन्। शहरदेखि गाउँसम्म जनआन्दोलनले ततिरहेको थियो । मान्छेहरु चोकचोक र टोलटोलमा भेला हुन थालेका थिए । तत्कालीन निरंकुश राजसंस्था र राजा ज्ञानेन्द्र शाहको विरुद्धमा नारा घन्कँदै थियो ।

चैत २४ गते तत्कालीन सात दलले जनआन्दोलनको घोषणा गर्नुपूर्व नै आन्दोलित थियो पोखरा । सात दलले औपचारिक रुपमै आहृवान गरेपछि जनआन्दोलनमा गाउँगाउँबाट शहर झरेर आन्दोलनमा सहभागी हुने क्रम बढ्दै थियो।

‘जनआन्दोलनमा पोखरा काठमाडौंभन्दा पनि अघि थियो । घोषणा हुनुभन्दा पहिलेनै पोखरामा आन्दोलन चर्किदै थियो । सातदलको घोषणापछि आन्दोल चर्कीएको माओवादीका नेता तथा तत्कालीन जनआन्दोलनका अगुवा विश्वप्रकाश लामिछानेले बताउँछन्। ‘सातदलबीचको सहमतिमा आन्दोलनको आहृवान गरेपछि जनता सडकमा उत्रीएका हुन’ उनी भन्छन्। ‘गाउँगाउँबाट आन्दोलनकर्मी पोखरा झरेका थिए ।’

दलहरुले आन्दोलनका कार्यक्रम तयार गर्थे, कुन दिन कहाँबाट ¥याली निकाल्ने सूची बनाउँथे । योजना अनुसार पोखराका विभिन्न चोकचोकबाट ¥याली लिकालिदै गए। आन्दोलनले क्रमिकरुमा उग्ररुप लिन थाल्यो। तोडफोड र ध्वंसका संगै प्रहरीका अँस्रुलग्यास र लाठी जनताको शरिरमा बज्रीन थाले। प्रहरी आक्रमण र ज्यादतीसंगै नागरिकहरुमा आक्रोश बढ्न थाल्यो।

पोखराका दर्ननौं ठाउँबाट निस्कीने जुलुश र ¥यालीमाथि सुरक्षाकर्मीले (आर्मी,शसस्त्र र जनपद प्रहरी) अन्धाधुन्द लाठी र गोली बर्षाउन थाल्यो। सुरक्षा कर्मीको ज्यादतीले सयौ पोखरेली घाइते भए। कसैका टाउका फुटे,कसैको गोलीले छाति छेडियो। कतिको अंगभंग भयो। तर, पनि राजाको कदम नसच्चिए सम्म जनताले गोली खान पनी पछि परेन्। यो क्रम तीन साता सम्म निरन्तर जारी रह्यो। आन्दोलनलाई उत्कर्षमा पु¥याउनु पर्छ भन्दै दिनप्रतिदिन जनता सडकमा ओइरिने क्रम बढ्दै थियो।

यसै क्रममा चैत २६ गते पोखरामा सुरक्षा कर्मीले आन्दोलनकारीमाथि ज्यादतिनै ग¥यो। अघिपछि लाठीचार्ज र अँस्रुग्याँस हान्दै आएका सुरक्षकर्मीले आन्दोलनकारी माथि भएभरको शक्ति लगाएर दमनमा उत्रीयो। पोखरा आधा दर्ज भन्दा धेरै ठाउँबाट निस्किएका ¥याली र जुलुशमाथी क्रमश सुरक्षाकर्मीहरुले दमनको हत्कण्ड बढाउदै थिए। उनीहरुको दमनले पोखराका अस्पतालहरुमा घाइतेहरुको लाम लाग्न थालेका थिए। दर्जनौंका टाउका फुटेका थिए। कोहीका हातखुट्टा भाँचिएका थिएत, कसैका शरिर भरी बर्षिएका लाठीका निलडामले इन्तुनचिन्तु भएका थिए।

२६ गते बिहान पीएन क्याम्पस बगरदेखि राजनीतिक दल र विद्यार्थीको ¥याली महेन्द्रपुलतिर आउँदै थियो । कोही ¥यालीमा सहभागी हुन त कोही महेन्द्रपुलमा ¥यालीमा मिसिने र स्वागतको लागि तयारी थाल्दै थिए। महेन्द्रपुल चोकमा चारैतिरबाट आन्दोलनकारी भेला हुँदै थिए । चोकमै रहेको नेपाल टेलिकम कार्यालय रहेको भवनको छतमा नेपाली सेनाको टोली थियो ।

सेनाले महेन्द्रपुल चोकबाट आन्दोलनकारीलाई अगाडि बढ्न दिएन । एकाएक भीड आक्रोशित भयो । आन्दोलनकारीले टेलिकमको भवनतिर ढुंगा प्रहार गरे। टेलिकमका सीसा फुट्यो, उताबाट सेनाले गोली चलायो ।

आन्दोलनमा मिसिने तयारीमा बसेका एक जना आन्दोलनकारीलाई गोली लाग्यो । भीड तिरवितर भयो। सेनाको गोली लागेर भीमसेन दाहाल भुइँमा भुक्लुक्क ढले । उनको घटनास्थलमै ज्यान गयो । २०६२ चैत २६ गते भीमसेन दोस्रो जनआन्दोलनको पहिलो सहिद बने । भीमसेनको ज्यान गएपछि पोखरामा आन्दोलनले झनै उग्ररुप लिएको थियो।हजारौको संख्यामा आन्दोलनकारी सडकमा निस्कीए ।

चोकचोकबाट सर्वसाधारणको भेल उर्लिएपछि सुरक्षाकर्मी क्षुब्द्ध बने। उनीहरु आन्दोलनकारी प्रति झन आक्रामक बन्न थाले। चैत्र २६ मा भिमसेनलाई गोली हानी हत्या गरिएपछि भोली पल्ट २७ चैत्रमा पोखराका चोकचोकबाट हजारौंको संख्यामा ¥याली निस्कीयो। दाहालको हत्याले आक्रोशित बनेका आन्दोलनकारी र प्रहरीबीच पोखराका पृथ्बीचोक, महेन्द्रपुल, सभागृहचोक,बगर र लेखनाथको तालचोक लगायका स्थानहरुमा झडप भयो। सभागृहचोक र लेखनाथको तालचोकमा प्रहरीले लाठीचार्ज,अँश्रुग्याँस र गोली नै चलायो।

सभागृह चोकमा चलाएको गोली लागेर पोखरा महानगरपालिका ८ की पार्वती पौडेल घाईते भइन् भने तालचोकमा चलाएको गोली लागेर स्थानीय मेघराज आचार्य घाइते भए। पौडेललको खुट्टा र आचार्यको छातीमा गोली लाग्यो।

कसरी गोलीको निशानामा परे मेघराज
२६ चैत्रमा आर्मीले चलाएको गोली लागेर भिमसेन दाहालको मृत्यु भएपछि पोख्रेलीहरुको आक्रोश बढ्दा्े थियो। दाहालको मृत्यसंगै भोलीपल्ट सरकारलाई ठूलै झड्का दिने गरि आन्दोलन चर्काउने योजना बनाएका थिए उनीहरुले। दाहालको हत्याको बदला लिनेगरी बनाइएको योजना अनुसार पोखराका मुख्यचोकहरुमा आन्दोलनकारीहरुको बाक्लो उपस्थित थियो।

लेखनाथको मुख्यचोक तालचोकमा समेत त्यसक्षेत्रका आन्दोलनकारीहरु जम्मा भइरहेका थिए। त्यहाँ नगरपालिका लगायतका प्रशासनिक कार्यलयहरु रहेका कारण आन्दोलनकारीबाट तोडफोड हुने सूचनाका आधारमा सुरक्षा सतर्कता बढाइएको थियो। आक्रामक देखिएका आन्दोलनकारीले कार्यलयमा तोडफोडको प्रयास गरिरहेको थिए।

त्यो मासको अग्रभागमा थिए, मेघराज आचार्य । उनले प्रहरी र आन्दोलनकारीबीच समन्वयनको भूमिका खेलीरहेका थिए। त्यस दिन पनि उनले प्रहरीसमक्ष गएर आन्दोलनकरीलाई कार्यक्रम गर्न दिन आग्रह गर्दै थिए। तर, अरुदिन झैं त्यो दिन सुखद् रहेन। उनले प्रहरीसंग भलाकुसारी गरिरहेकै अवस्थामा प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार ग¥यो। तर पनि भीड तितरवितर नभएपछि प्रहरीले गोलीनै प्रहार ग¥यो।

अश्रुग्यासको पीडाले रन्थनिएका मेघराजको छातिमा गोली लाग्यो। केही समय उनलाई गोली लागेको थाहै भएन। तर, एकैछिनमा मेघराजले आफूलाई रगतले लत्पत्तिकएको पाए। उनलाई बेहोस हुनु अघिसम्मको पीडा याद छ।

मेघराजले पछि मात्र थाहा पाए। बेहोस भएपछि पनि उनीमाथि सुरक्षा निकायले लाठी प्रहार गरेछ, उनको शरीरमाथि भीडले कुल्चीएर दौडिएछन्। करिब ८ घण्टा उनी सडकछेउमै बेवारिसे अवस्थामा ढलीरहेछन्। स्थानीय र मानवअघिकारकार्मीले उनलाई त्यहाँबाट उठाएर अस्पताल पुर्या्एका रहेछन्।

सुरक्षाकर्मीका गोली प्रहार र आन्दोलनकारीले कुल्चिदा मेरो मेरुदण्ड नै भाँचियो’ मेघराज भन्छन् छातिमा लागेको गोलीले मुटुमा समस्या निम्याएको छ।’तीन वर्षअघि नै डाक्टरले जतिखेर पनि ज्यान जान सक्ने बताइसकेका छन्।’

घटनापछि मेघराज झण्डै ४ वर्ष अस्पतालमा बसे। तर, उनको स्वास्थ्य अझै पनि ठिक छैन। छातिको अप्रेसनको लागि डाक्टरले उनलाई भारतमा रिफर गरिसकेका छन्। तर,आर्थिक संकटले उनको अप्रेसन हुन सकेको छैन। यसअघि आफ्नो उपचारमा ६० लाख भन्दा खर्च भइसकेको उनको दाबी छ।

’नेपालमा मेरो छातिको अप्रेसन हुन नसक्ने चिकित्सकले बताएका छन्। उपचारको लागि भारत जानुपर्ने अवस्था छ। भारतमा अप्रेसन गर्दा करिब २० लाख खर्च लाग्छ’। मसंग त्यतीको रकम छैन। सहयोगको याचना गर्दै विभिन्न सरकारका पालामा मन्त्रालय धाएँ। झुलाउने काम मात्र भयो सहयोग पाइएन’ मेघराज भन्छन,’ उपचारको नाउँमा पोखराको मुल्यावान जग्गा समेत कौडीको मुल्यमा बेचिसके । राज्यले निराशा बाहेक केही दिएन।’

जनआन्दोलनका २०६२। ०६३ का कमाण्डर एवं शहिद घाइते तथा अपांग परिवाार सरोकार नागरिक समन्वय समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका आचार्यले आन्दोलनको बलमा स्थापित भएको गणतन्त्रमा नेताहरुले जनचाहना र जनभावना बिपरित कार्य गरेका आरोप लगाए।

जनताको आन्दोलनको बलमा स्थापित गणतन्त्रलाई नेताले मागी खाने भाँडोकोरुपमा प्रयोग गरेको उनले आरोप लगाए । ‘मुलुकको समृद्धीको लागि हामीले छातीमा गोली थाप्यौं। कयौंले शाहदत प्राप्त गरे। क्यौं जीवन र मृत्यकोको दोसाँधमा छन्। कयौ घाइते र अपांग छन् तर उनीहरुलाई राज्यले हेर्दैन।’उनले भने। ‘नेताहरुको कार्यशैलीले आन्दोलन प्रति पश्चाताप लागिरहेको छ। उनीहरुको कार्यशैलीले गणतन्त्रनै धरापमा छ।’

आन्दोलनकै कारण मुलुकमा लोकतान्त्रिका गणतन्त्र स्थापना भयो। तर, राजनैतिक दल र सरकाले आन्दोलनका घाइते तथा अपांगहरुको उचित उपचार र ब्यवस्थापनमा चासो समेत नदिदाँ आफुलाई अचम्म लागेको उनी बताउँछन्।

दलप्रति घाइते ढाकारामको आक्रोश
नआन्दोलनका अर्का घाइते हुन् ढाकाराम पौडेलले । झट्ट हेर्दा उनी रिस्टपुष्ट र तन्दुरुष्त देखिन्छन्। अनुहारमा चमक छ। तर, बाहिरबाट हेरेजस्तो छैन उनको शारिरिक अवस्था। २०६२ ।०६३ को आन्दोलनमा प्रहरीले बजारेको लाठी र अँश्रुग्यासले घाइते बनेका पौडेल औषधिकै भरमा बाँचीरहेका छन्। आन्दोलको बेला सुरक्षाकर्मीले उनको टाउकोमा लाठी बजारेका थिए। त्यसको पीडा पौडेलले अहिलेसम्म खेपीरहेका छन्।

त्यतिमात्र होइन, त्यस बेलाको अश्रुग्यासले उनका स्वासप्रस्वारमा अहिले सम्म असर गरेको छ। उनी अहिलेपनि पूर्णरुपमा स्वस्थ छैन। शारिरिक पीडासंगै औषधीकै भरमा जीवन ब्यतित गर्दै छन् पौडेल। अहिले उनी राजनैतिक पार्टी र नेता प्रति सन्तुष्ट छैन्। आन्दोलनको आडमा गणतन्त्र र संघियता आएपनि दलहरु जनआन्दोलनको मर्म र भावना अनुसार नचल्दा मनदुख्दै पुरानो घाउँ बल्झिने गरेको उनको गुनाशो छ।

‘नेताहरुलाई सत्तामा पु¥याउन आठी र गोली आएका होइनौ’ं उनले भने। ‘मुलुकमा ब्यवस्था परिर्वत भयो, संबिधान बन्यो। तर पनि दलहरुले जनताको भावना र चाहना बुझ्न सकेनन्।’

परिवर्तनको आसमा टाउनको फुटाएका पौडेललाई अहिले ब्यर्थमा आन्दोलनमा होमिएछ जस्तो लाग्न थालेको छ। जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समित कास्कीका पूर्व अध्यक्ष समेत रहेका पौडेलले राज्यको बेवास्ताका कारण घाइते तथा अपांगहरुको परिवारबाटै अपहेलीत हुन थालेको बताए। ‘घाईतेहरुको पीडाका कारण परिवारमानै बैमनस्यता आउन थालेको छ’ उनले भने। ‘परिवारले कसको लागि र के को लागि आन्दोलनका गएको भन्दै उल्टै हप्काउन थालेका छन। परिवारमा घाइतेले यो पीडा भयो भनेर भन्न नहुने अवस्था आएको छ।’

संबिधानमा आन्दोलनका धाइते,अपांग लगायतलाई उचित सम्मान, शिक्षादिक्षा,स्वास्थ्य र रोजगारी जस्ता अवसरको हक उल्लेख गरिएको भएपनि कार्यान्वयनमा नआएको उनको गुनाशो छ। ‘राजनैतिक दलले हामै्र सहारले सत्तामा पुगे। तर, उनीहरुले हामीलाईनै चिन्न छाडिसके’ उनले भने। ‘परिवारलाइ र समाजलाई आन्दोलनको लागि लडेको ठिकै गरिएछ भन्ने महशुस हुने गरी राज्यले सेवा सुबिधाको ब्यवस्था गरोस्।’

जनआन्दोलनका पहिलो सहिद भिमसेन दाहाल
शहरदेखि गाउँसम्म जनआन्दोलनले ततिरहेको थियो । जनताहरु चोकचोक र टोलटोलमा भेला हुन थालेका थिए । निरंकुश राजसंस्था र राजा ज्ञानेन्द्र शाहको विरुद्धमा नारा घन्कँदै थियो।उनको दमन र ज्यादतीले दिनप्रतिदिन जनआक्रोश बढ्दो थियो। सात दलले औपचारिक सहमति भएपछि आहृवान गरिएको जनआन्दोलनमा गाउँगाउँबाट सर्वसाधारण पनि शहर झरेर आन्दोलनमा सहभागी हुने क्रम बढिरहेको थियो ।

दलहरुको योजनाअनुसार चैत २६ गते पीएन क्याम्पसदेखि राजनीतिक दल र विद्यार्थी सहितको ¥याली महेन्द्रपुलतिर आउँदै थियो । पोखराको मुख्यबजार महेन्द्रपुलमा चारैतिरबाट खचाखचहुने गरी ¥याली ससिहत जुलुश आउदै थिए। चारैतिरबाट आन्दोलनकारी भेला हुँदै थिए । चोकमा सेना तैनाथ थियो । चोकमै रहेको नेपाल टेलिकम कार्यालय रहेको भवनको छतमा नेपाली सेनाको टोली थियो ।

टेलीकमको सुरक्षार्थ खटिएको सेनाले महेन्द्रपुल चोकबाट आन्दोलनकारीलाई अगाडि बढ्न दिएन । एकाएक भीड आक्रोशित भयो । आन्दोलनकारीले टेलिकमको भवनतिर ढुंगा बर्षाउन थाले। टेलिकमको गगनचुम्वी महलका सीसा भ¥यामझुरुम फुट्यो ।, उताबाट सेनाले गोली चलायो ।

महेन्द्रपुल चोकनिर आन्दोलनमा मिसिने क्रममा अगाडी बढिरहेका भिमसेन दाहललाई गोली लाग्यो। भीड तितरवितर हुदै गयो। सेनाको गोली लागेर तत्कालिन काभ्रे उग्रचण्डी गाविसका भीमसेन दाहाल भुइँमा ढले । उनको घटनास्थलमै ज्यान गयो । २०६२ चैत २६ गते दाहाल दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने पहिलो सहिद बने ।भीमसेनको ज्यान गएपछि पोखरामा आन्दोलन भनै उग्ररुप लिएको थियो ।

बिहान थोरै संख्यामा रहेका आन्दोलनकारी साँझपख भने हजारौंको संख्यामा सडकमा उत्रिए। पोखराका मुख्यचोकहरुमा आन्दोलनकारीको भीड भाँगियो। आक्रोश बढ्यो। दिनप्रतिदिन आन्दोलन आक्रामक हुदै गयो।

दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने पहिलो व्यक्ति भीमसेन दाहाल काभ्रेबाट ब्यवसाय सञ्चालन गर्न पोखरा आएका थिए। दाहालले पोखराको सभागृहचोक होटल आनन्दको भवनमा साइबर ब्यवसाय सञ्चालन गर्दै आएका थिए।

होटल आनन्द राजनीतिक व्यक्तिहरुको जमघट हुने थलो थियो । चोकमै भएका कारण होटल आनन्द आन्दोलनकारीको केन्द्रजस्तो थियो । भीमसेनले जहिले पनि परिवर्तनका पक्षमा आवाज उठाउदै आएका थिए। ‘उनी सामान्य परिवारका व्यक्ति थिए ।जनआन्दोलनको घोषणासँगै भीमसेन आन्दोलनमा गइरहेका थिए । उनीसँग कुनै पार्टीको सदस्यता पनि थिएन ।

कास्कीमा जनआन्दोलनका क्रममा बिजया सुबेदी, पार्बती पौडेल,नेत्रपाणी सुबेदी लगायत १ सय ३७ घाइते भएका थिए। यो तथ्याङक जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समित कास्कीले जिल्ला प्रशासन लाई बुझाएको भएपनि घाइतेहरुको संख्या अझै बढि रहको समन्वय समित कास्कीका पूर्व अध्यक्ष ढाकाराम पौडेलले बताउँछन्।

‘कतिपयले आफै उपचार गराए कतिपय सम्पर्कमा आउन चाहेन् । त्यसैले आधिकारीक तथ्याङक अझै बढि छ’ उनले भने।