१६ वर्षमुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेट : उपाधि नजिक नेपाल

काठमाडौं,बैशाख १५ । १६ वर्षमुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनल नेपाल र मलेसिया भिड्दै छन्।  आइतबार बिहान सुरु भएको फाइनलमा नेपाल र मलेसया भिडेका  हुन्।

यसअघि शनिबार भएको सेमिफाइनलमा हङकङलाई चार विकेटले हराउँदै नेपाल पूर्वी क्षेत्रीय क्रिकेटको उपाधि नजिक पुगेको हो। थाइल्याण्डको चियाङमाईमा सम्पन्न खेलमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा २१ ओभर ४ बलमा पूरा गरेको थियो।

नेपालको जीतमा आशिष भट्टराईले सर्वाधिक १७ रन बनाए भने दीपक बोहराले ११, सुवास ऐरले १०, रोहन विकले १४ र कृष कार्कीले १२ रन बनाए। त्यस्तै मलेसिया सिंगापुरलाई हराएर फाइनल पुगेको हो। तेस्राे स्थानका लागि नेपालबाट पराजित हङकङ र मलेसियाबाट पराजित  सिंगापुर आमने सामने हुने छन्।