जीवन व्यवस्थापनको सुत्र सिक्दै भरतपुर महानगरका जनप्रतिनिधि (फोटोफिचर)

 

चितवन, १४ बैशाख । भरतपुर महानगरपालिकाले महानगरका वडा अध्यक्षसहित कार्यपालिकाका सदस्यहरुका लागि सुचना प्रविधि, क्षमता विकास तथा जीवन व्यवस्थापन सम्बन्धिी २ दिने तालिम सम्पन्न गरेको छ।

सुचना प्रविधिमा जनप्रतिनिधिहरुको पहँच पुग्न सकोस भन्ने उद्देश्यका साथ तालिम प्रदान गरेको मयेर रेनु दाहालले बताईन् ।

कार्यशालामा आर्ट अफ लिभिङ्गका पवन नेपाल, मानव सेवा आश्रमका रामजी अधिकारी लगायतले जिवन ब्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए ।
सो अवसरमा कोरियाका इन्टरनेसनल माइन्ड एजुकेशन इन्सिच्युट नेपालका प्रतिनिध बेन्को पार्क, क्यान चितवनका अध्यक्ष भानु शर्मा, ठकराल वान नेपालका उपाध्यक्ष विशाल पौडेल, माईक्रो सफ्टका एक्सपर्ट प्रशान्त देवाजु लगायत महानगरका सुचना र प्रविधि शाखाका, रामकुमार अधिकारी, मेनका पण्डित सहित महानगरका कर्मचारीहरु, अनुज घिमिरे, असिम रेग्मी, सुभद्रा पुडासैनी र अर्जनु पौडेल लगायतले सुचना र प्रविधिको बारेमा प्रशिक्षण दिएका थिए ।

पश्चिम चितवन को पर्यटकीय क्षेत्र भरतपुर २२ पटिहानीमा आयोजित सो कार्यक्रममा महानगरका प्रमुख रेनु दाहाल, उप प्रमुख पार्वति शाह, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, उपसचिवहरु कुल वहादुर जिसी, सृजना थपलिया, नवौ तहका अधिकृत ठाकुर प्रसाद पोडेल लगायत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुसहित जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको समापन गदै महानगरपालिकाका उपसचिव प्रधुम्नप्रसाद उपाध्यायले जनप्रतिनिधीहरुका लागि यस्ता कार्यक्रम थप उर्जा प्रदान गर्न सहयोग पुग्ने बताए ।