लियो क्लब अफ चितवन बिरेन्द्र नगरद्धारा भित्तेपात्रो विमोचन

राजेश रुम्बा लामा

बिरेन्द्रनगर,१४ वैशाख । राप्ती नगर पालिकाकी प्रमुख प्रभा बरालको प्रमुख अतिथ्यताम लियो क्लब अफ चितवन बिरेन्द्र नगरले राप्ती नगर पालिका वडा नं ७ को सभा हलमा नव बर्ष २०७६ को आफ्नो भित्ते पात्रो विमोचन तथा शुभकामना अदान–प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

राप्ती नगर पालिका ७,८ का वडा अध्यक्ष सुमित्रा डल्लकोटि,बुद्धि राज थपलिया सहित लायन्स जोन पर्सन राज कुमार कंडेल बिशेष अतिथि रहेको कार्यक्रममा कार्य पालिका सदस्य श्याम लाल बिक लियो तथा क्लबका संस्थापक अध्यक्ष प्रकाश कालाखेती लगायत अतिथि रहेका थिए भने सो कार्यक्रममा क्लबका उपाध्यक्ष संजिव सुवेदीले स्वागत मन्तव्य राखेका थिए ।
राष्ट्रिय गान बाट सुरुवात गरेका सो कार्यक्रमको अध्यक्षता वर्ष १८र१९ का क्लब अध्यक्ष दिपेन्द्र राज अधिकारीले गरेका थिए ।