महानगरद्वारा खुलामञ्चमा बनाइएका सटर डोजर लगाएर भत्काउन सुरु

काठमाडौं,१४ वैशाख । कामाठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु गरेको छ ।खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको हो ।

काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको हो ।

खुला मञ्चमा ५१ वटा सटर निर्माण गरिएको थियो ।